• २०८१ बैशाख १६ आइतबार

‘पूजार सार्की’ मा नयाँ अवतारमा प्रदीप

kharibot

काठमाडौँ । चकलेटी अभिनेताको छबी बनाएका अभिनेता प्रदीप खडका आफ्नो नयाँ फिल्म ‘पूजार सार्की’ मा उनी दलित युवकको भूमिकामा प्रस्तुत हुँदैछन् ।  निर्माण टिमले फिल्ममा प्रदीपको ‘फर्स्टलुक’ पोस्टर सार्बजनिक गरेका छन् ।

प्रदीपको जन्मदिनको अवसर पारेर आइतबार निर्देशक दिनेश राउतले फेसबुकमार्फत् प्रदीपको ‘क्यारेक्टर लुक्स’ सार्वजनिक गरेका हुन् ।

फर्स्ट लुक्समा उनी विवाहमा दमाहा बजाउने दमाई पात्रको रुपमा देखाइएको छ भने लामो कपालमा कालो टोपी र कालै रंगको स्टकोट लगाएका प्रदीपको लुक्स नयाँ देखिएको छ ।

यो फिल्ममा प्रदीप ‘मैत बहादुर परियार’को भूमिकामा छन् । अभिनेता आर्यन सिग्देल भने पूजारीको भूमिकामा देखिँदैछन् । अर्का अभिनेता पल शाहको भूमिकाको बारेमा भने अहिले स्पष्ट भएको छैन । फिल्मलाई आगामी वर्षको जेठ पहिलो साता प्रदर्शन गर्ने तयारी गरिएको छ ।

करिब ४० दिनदेखि कास्की जिल्लाको कास्कीकोटमा छायांकन हुने यस फिल्ममा अन्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुबास गजुरेल, विद्या कार्की, तारा शर्मा, प्रेम सुब्बा, शङ्कर आचार्य आदिको पनि अभिनय छ । संगीतकार सुवास भुसालको एकल निर्माण रहेको फिल्मको स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै