• २०८१ बैशाख १७ सोमबार

युवराज शर्मालाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

kharibot

काठमाडौँ । नेपाली कांग्रेसले सांसद युवराज शर्मालाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । 

आइतबार सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको संसदीय दलको बैठकले शर्मालाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यसअघि नेता कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने प्रस्तावसहित कांग्रेसले राष्ट्रिय सभा सदस्य बनाएको भएपनि अहिले गठबन्धन बदलिएर नयाँ परिस्थिति निर्माण भएपछि शर्मालाई उम्मेदवार बनाएको हो ।

७४ बर्षिय शर्मा ०४५ सालमै पार्टीको बाँके सभापति भएर काम गरेका थिए । उनी ०२८ सालमा देउवा नेविसंघको सभापति हुँदा उपाध्यक्ष थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै