• २०८१ बैशाख २८ शुक्रबार

जनमत, जप्रपा र तमलोपाबीच सहकार्यको घोषणा

kharibot

जनकपुरधाम । जनमत पार्टी, जनता प्रगतिशील पार्टी (जप्रपा) र तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) ले सहकार्य गर्ने समझदारी गरेका छन् ।

जनमतका अध्यक्ष डा. सीके राउत, जप्रपाका अध्यक्ष हृदयेश त्रिपाठी र तमलोपा अध्यक्ष वृशेषचन्द्र लालले सहकार्य पत्रमा आइतबार हस्ताक्षर गरेका हुन् ।

देशका समसामयिक मुद्दा तथा समस्या समाधान गर्न तीनै पार्टी सहकार्य गर्न सहमत भएको संयुक्त जारी विज्ञप्तिमा उल्लेख छ ।

७ बुँदे समझदारी पत्रमा हस्ताक्षर गर्दै तीन नेताले संविधान संशोधन गर्न, सुशासन र समृद्धिको लक्ष्य प्राप्ति गर्न, विद्यमान सबै प्रकारका विभेदहरू अन्त्य गर्न, उत्पादनमुखी अर्थतन्त्र स्थापित गरी राष्ट्रिय पूँजी निर्माण गर्नलगायतमा तीनै पार्टीको सहकार्य हुने बताएका छन् ।

देशको कृषि उत्पादनमा वृद्धि तथा किसानको हितमा क्रियाशील रहन, उद्योग-धन्दा तथा कलकारखानाहरू स्थापित गर्दै रोजगारी सिर्जना गर्न र गुणस्तरीय तथा सर्वसुलभ शिक्षा र स्वास्थ्य तथा सामाजिक सुरक्षा सुनिश्चित गर्न पनि सहकार्यको गरेको तीनै दलका अध्यक्षद्वारा जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ ‌।

यस अघि त्रिपाठीको जनता प्रगतिशील पार्टी र लालको तराई मधेश लोकतान्त्रिक पार्टीबीच सहकार्य भइरहेकोमा अब यसमा जनमत पार्टी पनि थपिएको छ ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै