• २०८१ बैशाख १७ सोमबार

मधेश प्रदेश सभामा जनमतको अवरोध, बैठक १० मिनेटका लागि स्थगित

kharibot

जनकपुरधाम । मधेशप्रदेशको बैठक १० मिनेटका लागि स्थगित भएको छ ।

मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन बोलाइएको बैठकमा जनमत पार्टीका सांसदहरुले बैठक अवरोध गरेपछि बैठक स्थगित भएको छ ।

जनमत पार्टीले आफ्ना तत्कालिन मन्त्रीमाथि भएको आक्रमणको छानबिन समिति बनाउने सहमति भएपनि अहिलेसम्म नबनाएको भन्दै विरोध शुरु गरेको थियो ।

जनमत पार्टीले कार्यव्यवस्था समितिको बैठक नबसी संसद संचालन गरेको भन्दै विरोध गरेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै