• २०८१ बैशाख १७ सोमबार

सोनामको पहिलो फ्याक्ट्री आउटलेट कलंकीमा

kharibot

काठमाडौं । चर्चित साथै उच्च गुणस्तरीय सामग्रीको नेपाली ब्रान्ड सोनामले आफ्नो पहिलो फ्याक्ट्री आउटलेट हिमालय कम्ल्पेक्स, कलंकीमा खुलाएको छ ।

सोनामको यो आउटलेट सहित शो रुम संख्या २३ वटा पुगेको छ । यो आउटलेटमा बर्ष भरी विभिन्न आइटमहरुमा छुट दिइरहने उदेश्यका साथ खुलिएको हो । यहाँ कम मूल्यका उही गुणस्तर तर सबै कलर र साइजमा नपाइने कपडाहरु पाइन्छ । ग्राहकहरुले नयां नयां  डिजाइनका साथै छुट वाला कपडाहरु किन्न उपयुक्त आउटलेट रहेको कंम्पनीले जनाएको छ ।

सोनाम ब्रान्डमा महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम भेस्ट, स्वेटर, कोट, ट्रेकिङ जाँदा लगाउने पोसाक, टेन्ट, ब्याग लगायत उत्पादन छन् । राजधानी उपत्यकामा ठमेलको क्वाबहाल र छाया सेन्टर, कमलपोखरीको सिटी सेन्टर, बौद्घको टुसाल, चाबहिलको केएल टावर, सुन्धाराको सिभिल मल, बालाजुको बिजी मल, जडिवुटीको जडिबुटी चोक, ललितपुरको जावलाखेल र कुमारीपाटी, चितवनको सिजी ल्यान्डमार्क, सुन्सरीको धरान पुतली लाइन, पोखराको लेकसाइड र न्युरोडमा, बुटवल तथा सुर्खेतको विरेन्द्रनगरमा पनि सोनमका शो रुम रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै