• २०८१ बैशाख १६ आइतबार

गठबन्धन हामीले फुटाएको हो, चीनलाई जस नदिनुस्- ओली

kharibot

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेससहितको गठबन्धन आफूहरूले फुटाएको बताएका छन् ।

मंगलबार संघीय संसदको ल्होत्से हलमा बसेको पार्टी संसदीय दल बैठकमा बोल्दै अध्यक्ष ओलीले आफुहरुले गठबन्धन फुटाएकोमा जस चीनलाई जस दिइरहेको व्यंग्य गरेका थिए ।

उनले भने- 'कमसेकम यति जस त हामीलाई दिनुस् । कहाँ चीन पुर्‍याएको ? यति सानो कामका लागि ! चीनले बनाइदियो रे ! चीन आयो रे ! चीनले यो गर्‍यो, चीन घुस्यो रे ! यो हामीले गरेको हो । कमसेकम यति जस त दिनूस्, यत्रो मिहिनेत गरेर बनाएको छ !’

ओलीले अगाडी भने- 'हामीलाई सरकारमा जाने हतारोले होइन, तपाईंहरूलाई सम्झना होला- यही हलमा मैले हामीलाई सरकारमा जाने हतारो छैन भनेको थिएँ। तर देशको बर्बादी टुलुटुलु हेरेर बसिरहन सकिँदैन पनि भनेको थिएँ । मैले यो पनि भनेको थिएँ- यो गठबन्धन भनेको खरानीको डल्लो हो, सुख्खा भए पनि फुट्छ, भिज्यो भने पनि फुट्छ। त्यसकारण यो फुट्ने गठबन्धन हो मैले भनेको थिएँ । तर गठबन्धनमा हुनेहरूको उन्माद थियो ।’

ओलीले एमाले प्रतिको विश्वासका कारण अर्थमन्त्री एमालेले पाउने हल्ला चल्नासाथ सेयर बजारमा सर्किट लाग्ने गरेको प्रसंग उल्लेख गरेका थिए ।

अध्यक्ष ओलीले प्रचण्डको सरकारले विश्वासको मत नपाएमा कांग्रेसको नेतृत्वमा सरकार बन्ने हुनाले पनि यस सरकारलाई विश्वासको मत दिन सांसदहरुलाई आग्रह गरे । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय