• २०८१ बैशाख १५ शनिबार

दिल्ली क्यापिटल्स वुमन्स प्रिमियर लिगको फाइनलमा

kharibot

काठमाडौँ । दिल्ली क्यापिटल्स भारतमा जारी वुमन्स प्रिमियर लिगको फाइनलमा पुगेको छ ।

गएराती सम्पन्न समुह चरणको अन्तिम खेलमा गुजरात टाइटन्स लाई पराजित गर्दै दिल्ली समुह चरणमा शिर्ष स्थानमा रहदै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

दिल्लीले समुह चरणका ८ मध्ये ६ खेल जितेर १२ अंक हासिल गर्दै शिर्ष स्थानमा रहेको हो ।

त्यस्तै मुम्बई इण्डियन्सले ८ खेलमा ५ जितसहित १० अंक हासिल गरेर इलिमिनेटर खेल्ने भएको छ । त्यस्तै रोयल च्यालेन्जर्स बैंगलोरले ८ खेलमा ४ जितसहित ८ अंकसहित तेस्रो हुदै इलिमिनेटरमा मुम्बई इण्डियन्ससँग खेल्ने भएको छ । इलिमिनेटरको खेल शुक्रबार हुने छ भने प्रतियोगिताको फाइनल खेल आगामी आइतबार हुने छ ।

त्यस्तै युपी वारियार्ज चौथो र गुजरात टाइटन्स चौथो र पाँचौं हुदै प्रतियोगिताबाट बाहिरिएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै