• २०८१ बैशाख १५ शनिबार

आयल निगमका कार्यकारी निर्देशक थानीले दिए राजीनामा

kharibot

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले राजीनामा दिएका छन्। उनले मंगलबार राजीनामा दिएका हुन् ।

थानीले मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई राजीनामा दिएका छन् ।

उनलाई २०७८ फागुन २६ गतेको मन्त्रिपरिषद् बैठकले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियों ।

उनी कांग्रेसको भातृ संगठन सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन)का निवर्तमान अध्यक्ष हुन् । तीन बर्षे कार्यकाल पूरा नभई राजनीतिमा सक्रिय हुन थानीले राजीनामा दिएको बुझिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै