• २०८१ बैशाख १६ आइतबार

पारा तेक्वान्दो खेलाडी पलेशा पारा ओलम्पिकमा छनोट

kharibot

काठमाडौँ । नेपालकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन फ्रान्समा हुने पेरिस पारा ओलम्पिक–२०२४ का लागि छनोट भएकी छिन् । 

चीनको ताइयाङमा भएको एसियन छनोटको फाइनल खेलमा पलेशाले स्वर्ण पदक जित्दै पारा ओलम्पिकका लागि छनोट भएकी हुन् । उनले के–४४ क्याटागोरीको महिला ५७ केजीमा इरानकी लेल्ला मिर्जाईलाई पराजित गरिन् । 

त्यसैगरी, उनले सेमिफाइनल खेलमा उज्वेकिस्तानकी खेलाडी करिमा मेलिकुजिएभालाई १८–२ ले पराजित गर्दै फाइनमा पुगेकी हुन् । छनोट खेल जितेर ओलम्पिकमा सहभागिता जनाउने उनी नेपालकी पहिलो पारा खेलाडी बन्न सफल भइन् । पलेशा चौथो एसियाली पारा खेलकुदकी ऐतिहासिक कास्य पदक विजेतासमेत हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय