• २०८१ जेठ ७ सोमबार

राष्ट्रिय सरोकार समितिको सभापतिमा शेर्पा निर्वाचित

kharibot

काठमाडौँ। राष्ट्रियसभा अन्तर्गत सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) सोनाम ग्याल्जेङ शेर्पा आज सर्वसम्मत निर्वाचत भएका छन् । 

शेर्पालाई राष्ट्रियसभामा अध्यक्ष नारायणप्रसाद दाहालले  पद तथा गोपनीयताको शपथ गराए । सपथ लगत्तै सभापति शेर्पाले पद बहाली गरेका छन् । 

पद बहाली गर्दै उनले नेपालको संविधानको परिधिमा रहेर आफूले गर्नुपर्ने काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले ‘मिनी सदन’का रुपमा रहेको समितिमा रहेर आवश्यक कानुन निर्माण र सहजीकरणका लागि काम गर्ने बताए । उक्त समितिको सभापतिको कार्यकाल दुई वर्षको हुनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै