• २०८१ बैशाख १६ आइतबार

प्रिमियर लिग क्लब नोट्टीङघमलाई ४ अंकको जरिवाना

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग क्लब नोट्टीङघम फरेस्टलाई ४ अंकको जरिवाना गरिएको छ । नोट्टीङघमले लिगको फाइनान्सियल नियम तोडेको आरोपमा ४ अंक घटाइएको प्रिमियर लिगले जनाएको छ ।

लिगको यो कारवाहीपछि नोट्टीङघम अब लिगमा रेलिगेसना जोनमा झरेको छ । हाल २९ खेलमा २५ अंकसहित १७औं स्थानमा रहेको नोट्टीङघम ४ अंक घ्त्पची २९ खेलमा २१ अंकसहित १८औं स्थानमा आउने भएको छ । अब नोट्टीङमलाई यस सिजनमा रेलिगेसनबाट बच्न ८ खेल बाँकी रहेको छ । नोट्टीङघमले लिगको यो निर्णयविरुद्ध अपिल गर्ने मिडिया रिपोर्टमा बताइएको छ ।

२०२३ को सिजनपछि लिगको प्रोफिट एण्ड सस्टेनेबिलिटी रुल विपरित नोट्टीङघमले जुन ३० पछि ब्रेन्नान जोन्सनलाई ६० मिलियन डलरमा टोटनह्यामलाई बेचेको विषय अनुसन्धानको दयारामा आएको थियो ।

यस सिजनमा यसअघि एभर्टनले पनि ६ अंकको जरिवाना भोगेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै