• २०८१ बैशाख १५ शनिबार

मधेस प्रदेशको मन्त्रिमण्डल विस्तार

kharibot

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिमण्डल विस्तार गरेका हुन् । मुख्यमन्त्री यादवले शनिबार नेकपा एमालेबाट तीन मन्त्री र एक राज्यमन्त्री बनेका छन् । 

एमालेका राजकुमार लेखीले गृह, सञ्चार तथा कानून, शत्रुधन सिंहले स्वास्थ्य तथा जनसंख्या मन्त्री र एमालेमा प्रवेश गरेका प्रमोद जयसवालले शिक्षा तथा संस्कृति मन्त्रीको रुपमा शपथ लिएका हुन् । 

यस्तै, केशव रायले स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्रीको रुपमा शपथ लिएका छन् । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएकी छन् । 

योसँगै मधेस प्रदेशको मन्त्रिपरिषद ११ मन्त्री र तीन राज्यमन्त्रीसहित १४ सदस्यीय बनेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै