• २०८१ बैशाख १६ आइतबार

रोमाञ्चक खेलमा कोलकोताले सनराइजर्सलाई ४ रनले हरायो

kharibot

काठमाडौँ । रोमाञ्चक खेलमा कोलकोता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ । शनिबार राति सम्पन्न खेलमा कोलकोताले सनराइजर्सलाई ४ रनले पराजित गरेको हो ।

कोलकोताले दिएको २०९ रनको लक्ष्य पछाएको सनराइजर्सले २० ओभरमा ७ विकेट गुमाउदै २०४ रन बनाए पछि खेल कोलकोताले ४ रनले जितेको थियो ।

सनराइजर्सका लागि हेनरिक क्लासेनले सर्बाधिक ६३ रन बनाएका थिए भने मयंक अग्रवाल र अभिषेक शर्माले ३२-३२ रन बनाएका थिए भने राहुल त्रिपाठीले २० रन बनाएका थिए ।

त्यसैगरी कोलकोताका बलर हर्षित रानाले सर्बाधिक ३ विकेट लिए भने आन्द्रे रसेलले २ तथा वरुण चक्रवर्ती र सुनिल नारनले एक एक विकेट लिएका थिए ।  

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा ७ विकेट गुमाउदै २०८ रन बनाएको थियो ।

कोलकोताले खराब शुरुवात गरेपनि आन्द्रे रसेलको आक्रामक ब्याटिंगको सहयोगले विशाल योगफल बनाएको हो । रसेलले २५ बलमा अविजित ६४ रन बनाएका थिए । त्यसैगरी कोलकोताका लागि फिल साल्टले ५४ रन बनाए भने रामनदीप सिंहले ३५, रिंकु सिंहले २३ रनको योगदान दिएका थिए ।

त्यसैगरी सनराइजर्स हैदरावादका बलर टी नटराजनले सर्बाधिक ३ विकेट लिए भने मयंक मर्काण्डेले २ तथा कप्तान पाट कमिन्सले एक विकेट लिएका थिए ।

यो जितसंगै कोलकोताले नयाँ सिजनमा विजयी शुरुवात गरेको छ भने सनराइजर्सले रोमाञ्चक खेलमा हार बेहोर्दै सिजनको शुरुवात गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै