• २०८१ बैशाख १६ आइतबार

आइपिलमा आज रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता भिड्दै

kharibot

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीच खेल हुदै छ ।

बैंगलुरुमा हुने यो खेल नेपाली समय अनुसार राती ७: ४५ बजेदेखि शुरु हुदै छ ।

जारी आइपिएलमा बैंगलुरुले अहिलेसम्म २ खेलमा एक जित र एक हार बेहोरेको छ । बैंगलुरु पहिलो खेलमा चेन्नई सुपर किंग्ससँग हारेको थियो भने दोस्रो खेलमा पञ्जाव किंग्सलाई पराजित गरेको थियो ।

त्यसैगरी कोलकोताले भने आफ्नो पहिलो खेलमा सनराइजर्स हैदरावादलाई पराजित गरेको थियो ।

फाफ डु प्लेसिसको कप्तानीमा रहेको बैंगलुरुका लागि विराट कोहलीसहित मोहमद सिराज, अनुज रावत, दिनेश कार्तिक जस्ता भारतीय खेलाडी महत्वपूर्ण हुने छन् भने कप्तान फाफसहित ग्लेन म्याक्सवेल, क्यामरुन ग्रीन, अल्जारी जोसेपजस्ता विदेशी खेलाडी यस सिजनमा महत्वपूर्ण खेलाडी हुने छन् । त्यस्तै रोयल च्यालेन्जर्स बैंगलुरुले अहिलेसम्म आइपिएलको उपाधि जित्न सकेको छैन । गत सिजनमा बैंगलुरु छैटौं स्थानमा रहेको थियो ।

अर्कोतर्फ कोलकोता श्रेयस अय्यरको कप्तानीमा आइपिएल खेल्दै छ । कोलकोताका लागि यस सिजनमा उनको भूमिका महत्वपूर्ण हुने देखिन्छ । विवादपछि भारतीय क्रिकेट बोर्डको सेन्ट्रल कन्ट्रयाक्टमा नपरेका श्रेयसले आइपिएलको प्रदर्शनबाट बोर्डलाई जवाफ दिने प्रयास गर्ने छन् । त्यस्तै उनी बाहेक गत आइपिएलबाट उदाएका रिंकु सिंह, नितिश राना जस्ता भारतीय खेलाडी कोलकोताका लागि महत्वपूर्ण हुनसक्छन् । त्यस्तै सुनिल नारान, आन्द्रे रसेल, रह्मुनुल्लाह गुर्बाज जस्ता विदेशी खेलाडीको प्रदर्शन महत्वपूर्ण हुने देखिन्छ ।

कोलकोताले यसअघि २०१२ र २०१४ मा उपाधि जितेको छ भने २०२१ मा उपविजेता बनेको छ । गत सिजनमा कोलकोता सातौं स्थानमा आएको थियो ।
 

पढ्नै पर्ने

लोकप्रिय