• २०८१ बैशाख २१ शुक्रबार

सुनको मुल्यमा फेरी नयाँ रेकर्ड

kharibot

काठमाडौं । सुनको मुल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ । सुनको मुल्य सोमबार प्रतितोला १ हजार ६०० रुपैयाँ बढेको हो । सोमबार छापावाल सुनको मुल्य १ लाख ३१ हजार ६०० रुपैयाँ तोकिएको छ ।

आइतबार छापावाला सुनको मुल्य १ लाख ३० हजार रुपैयाँमा कारोबार भएको थियो । 

यसअघि चैत १६ गते १ लाख ३० हजार पुगेर रेकर्ड कायम गरेको सुनको मुल्यले आज सोमबार फेरी नयाँ रेकर्ड राख्न सफल भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजावी सुन प्रतितोला १ लाख ३० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजावी सुन प्रतितोला १ लाख २९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, सोमबार चाँदी प्रतितोला १ हजार ५३५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ५२५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै