पार्टीको विधान पालना गरे गुटउपगुटको अन्त्य: नेता प्रकाशमान सिंह

खरीबोट

फाइल तस्विर । 

ad

चितवन /  नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीले विधानमा उल्लेखित कुरा अक्षरशः पालना गरे पार्टीभित्रको गुट उपगुट अन्त्य हुने बताएका छन । 

प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको प्रदेश नं ३को प्रदेशस्तरीय भेलालाई सोमबार  सम्बोधन गर्दै उनले पार्टीको वास्तविकतालाई आधार मानेर कमीकमजोरी सुधार्नुपर्ने आवश्यकता औल्याएका हुन् । 

प्रजातन्त्रिक पद्धति पार्टीभित्रबाट थाल्नुपर्नेमा जोड दिँदै उनले भने, “यो अवस्थामा पार्टी चल्दैन, अब विधिसम्मत पार्टी चल्नुपर्छ, गाउँदेखि केन्द्रसम्म सबै मिलेर लाग्नुपर्छ ।पार्टी कमजोर हुन्छ भनेर नबोली बस्नु नै काँग्रेसका नेताहरुको कमजोरी हो । ” 

वर्तमान सरकारले गरेका कमीकमजोरीलाई जनतामाझ ल्याउन संसद्मा विपक्षीको सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा उनको जोड थियो । 

उक्त संघका केन्द्रीय अध्यक्ष जगतप्रसाद तिमिल्सिना, नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, संघका केन्द्रीय महासचिव राजेन्द्रप्रसाद गौतम, प्रदेश उपाध्यक्ष विष्णु गौतम, प्रदेश नं ५का संयोजक मदन कट्टेल, प्रा डा तेजबहादुर केसीलगायतले कार्यक्रमलाई संबोधन गरेका थिए । भेलाले प्रदेश समितिको गठन गर्नेछ । 

सम्बन्धित समाचार

कञ्चनपुर घटनामा सरकार गम्भीर भएन - नेपाली काँग्रेस 

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले निर्मला हत्या प्रकरणबारे सरकार गम्भीर नभएको आरोप लगाएका छन्।  सोमवार प्रतिनिधिसभामा जरुरी महत्वको विषय भन्दै काँग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले आफुसहितको टोलीले पार्टीको तर्फबाट कञ्चनपुरमा स्थलगत रुपमा

गुटबन्दीले नेता कार्यकर्ता विभाजित छन् : महामन्त्री कोइराला

नेपालगञ्ज । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीभित्रको गुटबन्दीले नेता, कार्यकर्तालाई विभाजित गरेको भन्दै यो अवस्था रहेसम्म पार्टी बलियो हुन नसक्ने बताए । नेपाल प्रेस युनियन, बाँकेले बुधबार यहाँ गरेको

फौजदारी संहितामा संशोधन र सुधार आवश्यक छ : नेपाली काँग्रेस 

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले फौजदारी संहितामा रहेका विचार तथा अभिव्यक्ति एवं प्रे िर संगठित स्वतन्त्रतालाई प्रभावित पार्न सक्ने प्रावधानमा संशोधन र सुधारको आवश्यकता रहेको ठहर गरेको छ ।  काङ्ग्रेस

प्रधानन्यायाधीश नियुक्ति दुर्घटनामा पर्यो- नेपाली काँग्रेस 

काठमाडौँ।  नेपाली काँग्रेसको आज बसेको केन्द्रीय समितिको बैठकले प्रधानन्यायाधीश नियुक्ति दुर्घटनामा परेको ठहर गरेको छ।  मंगलबार बसेको बैठकले दीपकराज जोशीलाई प्रधानन्यायाधीशमा अस्वीकृत गर्ने संसदीय समितिको निर्णयमा प्रधानमन्त्री केपी शर्मा ओलीले दोहोरो चरित्र