• २०८१ बैशाख १५ शनिबार

प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै 

kharibot

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली चीनको ६ दिने औपचारिक भ्रमण पूरा गरेर आज स्वदेश फर्किदै छन् । 

नेपाली टोली बिहान साढे १० बजे त्रिभुवन विमानस्थल आइपुग्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा काठमाडौंसम्म रेल ल्याउने समझदारी पत्रमा हस्ताक्षर भएको छ । दुई देशबीच गएको विहीबार रेलमार्गसहित विभिन्न १४ विषयमा सम्झौता र सहकार्यका लागि पत्र आदानप्रदान भएको हो । सरकारले चीन भ्रमण निकै सफल र उपलब्धिमूलक भएको बताएको छ । 

प्रधानमन्त्री ओली शनिबार नेपाली महावाणिज्यदूतावास ल्हासाले आयोजना गरेको रात्रिभोजमा सरिक भएका थिए । नेपाली टोलीले क्यूशी काउन्टीमा रहेको ‘चाइना नेशनल मोर्डन एग्रिकल्चर पाइलट जोन’को अवलोकन गरेको थियो । नेपाली प्रतिनिधिमण्डलले हिजै पोताला दरबार र जोखान मन्दिरको पनि भ्रमण गरेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै