एनआईसी एशिया बैंकको नयाँ शाखा झापाको कचनकवलमा

खरीबोट

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्नो नयाँ शाखा झापाको कचनकवलमा संचालन अग्रेको छ ।

झापामा स्थापना गरेको कचनकवल शाखाको एक समारोहका बिच प्रदेश नं १ का सांसद बसन्त कुमार बानिया र कचनकवल गाउँपालिकाका अध्यक्ष अन्जरा आलमज्यूबाट विधिवत् समुद्घाटन गरेका छन् ।

बैंकले हाल गर्दा मुलुकभर २२४ शाखा कार्यालयहरु, २१७ एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । 

बैंकको वासलातको आकार रू १७४ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू १४९ अर्ब पुगि निजिक्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुलकर्जा करिब रू ११९ अर्ब सहित निजिक्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । 

हालसम्म यस बैंकमा जम्मा ग्राहकको संख्या करिब ११ लाख ७५ हजार रहेको छ भने बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।
     
 

सम्बन्धित समाचार

एनआईसी एशिया बैंकको नयाँ शाखा मोरङको लेटाङ्गमा

काठमाडौँ। एनआईसी एशिया बैंकको नयाँ शाखा कार्यालय लेटाङ्ग नगरपालिका वडा नं ४, मोरङ्ग स्थित लेटाङ्ग शाखाको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भिष्मराज ढुंगानाले भव्य समारोहकाबिच समुद्घाटन गरेका छन् ।  उदघाटन समारोहका

एनआईसी एशिया बैंकद्धारा अष्ट्रेलियन डलरको बिक्री शुरु 

काठमाडौं। एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो सेवालाई अझ विस्तार गर्दै बजारमा अभाव रहेको अष्ट्रेलियन डलर नगद आयात गरी बिक्री शुरु गरेको छ ।  बैंकसँग हाल अमेरिकी डलर, अष्ट्रेलियन डलर लगायत विदेशी

एनआईसी एशिया बैंकको २ नयाँ शाखाहरु कास्कीको न्यूरोड पोखरा र नौडाँडामा

पोखरा। एनआईसी एशिया बैंकको २ नयाँ शाखा कार्यालयहरु कास्की जिल्ला पोखरा महानगरपालिका, वडा नं.८, न्यूरोड पोखरास्थित न्यूरोड पोखरा शाखाको एनआईसी एशिया बैंकको संचालक राजेन्द्र प्रसाद अर्यालबाट तथा अन्नपूर्ण गाउँपालिका, वडा

एनआईसी एशिया बैंक र नर्भिक हस्पिटलबीच सम्झौता

काठमाडौँ। एनआईसी एशिया बैंक लिमिटेड रनर्भिक इन्टरनेसनल हस्पिटलबीच बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट तथा क्रेडिट कार्डवाहक तथा बैंकका सम्पुर्ण ग्राहकवर्गहरुलाई नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा सुविधाहरुमा


z