• २०८३ बैशाख ६ आइतबार

पोखराको पृथ्वीनारायण क्याम्पसमा अनेरास्ववियूले प्यानलै विजयी

पोखराको पृथ्वीनारायण क्याम्पसमा अनेरास्ववियूले प्यानलै विजयी

पोखरा । पोखराको पृथ्वीनारायण क्याम्पसको स्ववियु निर्वाचनमा एमाले निकट अनेरास्ववियूले प्यानलै जितेको छ ।

पृथ्वीनारायण क्याम्पसमा १६ वर्षपछि भएको स्ववियु निर्वाचनको मंगलबार बिहान सार्वजनिक अन्तिम मतपरिणामअनुसार अनेरास्ववियुले पुरै प्यानलसहित जित हासिल गरेको हो । स्ववियु सभातिमा अनेरास्ववियुका विष्णु पोखरेल विजयी भएका छन् । उनले नेपाल विद्यार्थी संघका सुशील न्यौपानेलाई दोब्बर मत अन्तरले पराजित गरेका हुन् ।

पोखरेलले ११०५ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्दी नेविसंघका सुशील न्यौपानेले ५०३ मत प्राप्त गरेका छन् । निर्वाचन अधिकृत डा. रामचन्द्र पोखरेलका अनुसार स्वतन्त्र उम्मेदवार विप्लवी न्यौपानेले ४६९ मत, अखिल क्रान्तिकारीका नवीन अधिकारीले २२३ मत, संयुक्त प्यानलका सन्तोष पौडेलले १९६ मत र अखिल छैठौंका मिलन सुनारले २८ मत प्राप्त गरेका छन् ।

त्यस्तै सचिवमा अनेरास्ववियुका विराट दुवाडीले १ हजार ४१३ मत ल्याएर विजयी भएका छन्। नेविसंघका विवेक भट्टराईले ६२८ मत र अखिल क्रान्तिकारीका मिराज थापा मगरले २९३ मत पाए ।  कोषाध्यक्षमा सन्दिका गुरुङले १ हजार ३०४ मतसहित जितिन् भने नेविसंघका अमिषा यादवले ६४७ मत ल्याइन् । 

त्यस्तै सदस्यमा अनेरास्ववियुकी जमुना शर्मा, प्रचण्ड शक्ति गुरुङ, अनुजराज अधिकारी, एलिशा भट्टराई, सुशील अधिकारी, विशाल लम्साल, वृषभ चालिसे, सुजन शर्मा सापकोटा निर्वाचित भएका छन् ।

पृथ्वीनारायण क्याम्पसमा ९ हजार २७० मतदाता रहेकोमा २ हजार ९८७ जना अर्थात् ३१.२४ प्रतिशत मात्र मतदान भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै