• २०८३ असोज २४ शनिबार

हिंसात्मक एवं अपराधिक घटनामा आयोजक नै पुर्णरुपमा जिम्मेवार हुन्छन्- गृहमन्त्रालय

हिंसात्मक एवं अपराधिक घटनामा आयोजक नै पुर्णरुपमा जिम्मेवार हुन्छन्- गृहमन्त्रालय

 काठमाडौँ । गृहमन्त्रालयले हिंसात्मक एवं अपराधिक घटना गर्ने गराउने कार्यका लागी प्रदर्शनका आयोजक स्वयं नै पूर्ण जिम्मेवार हुने बताएको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले तिनकुने क्षेत्रमा पूर्वराजाका समर्थकहरुले प्रदर्शनका क्रममा व्यक्तिका निजी सम्पत्ति, अस्पताल, सञ्चार गृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्र लगायत यातायातका साधनहरुमाथि तोडफोड र आगजनी गरेको भन्दै यसका लागि आयोजक नै जिम्मेवार भएको बताएको हो ।

मन्त्रालयले यस्ता गैरकानुनी कार्य नगर्न  चेतावनी दिदै यस खालका गतिविधिमा संलग्नलाई कानुनी कारवाहीको दायरामा ल्याउने बताएको छ ।

शुक्रबार तिनकुने क्षेत्रमा भएको प्रदर्शनमा घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु समेत भएको छ ।

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा घाइते किर्तिपुरका सबिन महर्जनको मृत्यु भएको गृह मन्त्रालयले पुष्टि गरेको छ ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै