• २०८३ असोज २४ शनिबार

कार्ल्सबर्ग गल्फ क्लासिक तथा १०९औँ आरएनजीसी बर्थडे कप सम्पन्न

कार्ल्सबर्ग गल्फ क्लासिक तथा १०९औँ आरएनजीसी बर्थडे कप सम्पन्न

काठमाडौं । गोर्खा ब्रुअरीद्वारा आयोजित कार्ल्सबर्ग गल्फ क्लासिक तथा १०९ औँ आरएनजीसी बर्थडे कप गल्फ प्रतियोगिता काठमाडौंस्थित ऐतिहासिक रोयल नेपाल गल्फ क्लब (आरएनजीसी)मा सम्पन्न भएको छ । 

असोज २३ र २४ दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा देशभरका एमेच्योर गल्फ खेलाडीहरूको सहभागिता रहेको थियो। रोयल नेपाल गल्फ क्लबको १०९ औँ वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगिताले नेपालको गल्फ खेलको ऐतिहासिक विरासतलाई सम्मान गर्नुका साथै खेल भावना, स्वस्थ प्रतिस्पर्धा र आपसी सद्भाव प्रवर्द्धन गर्ने उद्देश्य राखेको थियो । आफ्नो प्रिमियम ब्रान्ड कार्ल्सबर्ग मार्फत गोर्खा ब्रुअरीले नेपाली खेलकुद तथा खेलाडीलाई प्रोत्साहन गर्ने विभिन्न गतिविधिमा सहयोग गर्दै आएको छ ।

प्रतियोगितामा पुरुष, महिला तथा विभिन्न उमेर समूहका खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिताको समापनसँगै आयोजित पुरस्कार वितरण समारोहमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई सम्मान गरिएको थियो ।
पुरुषतर्फ अज्जर सिम्हा विजेता बने भने सुरज श्रेष्ठ उपविजेता भए । 

महिलातर्फ अन्वद्या मल्ल विजेता बनिन् भने सम्झना खत्री उपविजेता घोषित भइन् । त्यस्तै, सिनियर पुरुषतर्फ युवराज गुरुङ विजेता बने भने रविन्द्र मान श्रेष्ठ उपविजेता भए । कार्ल्सबर्ग गल्फ क्लासिक तथा १०९ औँ आरएनजीसी बर्थडे कपले नेपालको गल्फ खेलको प्रवर्द्धन, खेलाडीबीचको सम्बन्ध विस्तार तथा निजी क्षेत्र र खेलकुद संस्थाबीचको सहकार्यको महत्त्वलाई पुनः उजागर गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै