• २०८३ जेठ २४ आइतबार

त्रिशुलीमा पौडी खेल्ने क्रममा बालिका बेपत्ता, गोताखोरले खोजिदै

त्रिशुलीमा पौडी खेल्ने क्रममा बालिका बेपत्ता, गोताखोरले खोजिदै

चितवन । जेठ १५ गते तनहुँ जिल्लाको देवघाट गाउँपालिका–५ ठिमुरास्थित त्रिशुली नदिमा पौडी खेल्ने क्रममा बेपत्ता बालिकाको खोजीकार्यको लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन भएको छ ।

सोही ठाउँ बस्ने ११ वर्षिया सृष्टि गुरुङ्ग त्रिशुली नदिमा पौडी खेल्ने क्रममा जेठ १५ गते साँझ ६ बजे डुवेर बेपत्ता भएको बताईएको छ ।

बेपत्ता बालिकाको खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर १७ गण चितवनबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भोगेन्द्र महतोको कमाण्डमा गोताखोरसहितको सुरक्षा फौज शुक्रबार बिहान ११ बजेदेखि परिचालन भएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै