• २०८३ जेठ १५ शुक्रबार

नेपाल लाइफ इन्स्योरेन्सको तीन दिवसीय लिडरसिप एक्सलेन्स अवार्ड सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको तीन दिवसीय लिडरसिप एक्सलेन्स अवार्ड सम्पन्न

काठमाडौँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिवसीय  लिडरसिप एक्सलेन्स अवार्ड-२०२५ भव्यतापूर्वक सम्पन्न भएको छ । काठमाडौँमा श्रावण १६ देखि १८ गतेसम्म चलेको कार्यक्रम 'लायन वर्षः  लिड , रोअर , रिपिट' नाराका साथ सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा देशभरिबाट उत्कृष्ट व्यवसाय गर्ने ४४० एजेन्सी तथा एजेन्सी मेनेजरहरु र कम्पनीका कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो । पानसमा दीप प्रज्वलन गरी कम्पनीका संचालक कमलेश कुमार अग्रवाल, संचालक विमल ढकाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा कार्यक्रमको समुद्घाटन गरेका थिए । 

कार्यक्रममा बोल्दै संचालक समितिका सदस्य कमलेश कुमार अग्रवालले आ.व २०८१-८२ मा कम्पनीले प्रथम बीमा शुल्कमा ऐतिहासिक १० अर्बको कोसेढुङ्गा पार गरेकोमा सम्पूर्ण  अभिकर्ता र कर्मचारीहरुलाई बधाई तथा धन्यवाद प्रकट गरेका थिए । 

कार्यक्रममा बोल्दै संचालक विमल प्रसाद ढकालले गत आ.व.मा गर्नुभएको उत्कृष्ट प्रदर्शनका निम्ति सम्पूर्ण अभिकर्ताहरु तथा कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गरे । आर्थिक मन्दीको बीच पनि उत्कृष्ट प्रदर्शन गर्न नेपाल लाइफको अभिकर्ता अब्बल रहेको कुरा बताए । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सम्मानित भएका अभिकर्तालाई बधाई तथा शुभकामना प्रदान गरेका थिए । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पराजुलीले अभिकर्ताहरुलाई गत आ.व. को कार्यसम्पादनको लागि धन्यवाद र चालु आ.व. को व्यापार लक्ष्य पुरा गर्न शुरुबाट नै दत्तचित्त भई कार्य गर्न आव्हान गरेका थिए । गएको आर्थिक वर्षको व्यापार समीक्षा गर्दै चालु आर्थिक वर्ष २०८२-८३ मा सेल्स रणनीतिका बारेमा सम्मलेनमा जानकारी गराएका थिए । 

कार्यक्रममा एजेन्सी मेनेजर तर्फबाट उत्कृष्ट १११ र व्यक्तिगत कोड तर्फबाट उत्कृष्ट ३२९ अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा सम्मानको साथ साथै ९६ जनालाई सम्राट पदक,  ८७ जनालाई रत्न पदक र  २५७ जनालाई समृद्धि पदकबाट पनि विभुसित गरिएको थियो । 

त्यस्तै एजेन्सी मेनेजर  तर्फबाट  क्रमश नेपाल प्रथम, दितिय र  तृतीय हुने मदन भट्ट, स्नेहा भट्ट  र बसन्ती शर्मा, तथा व्यक्तिगत कोड तर्फ बाट क्रमश नेपाल प्रथम, दितिय र तृतीय हुने सुमित्रा भट्ट, अर्बिन राजबंशी र आयुष कुँवरलाई अवार्डको साथै नगद पुरस्कारले पनि सम्मान गरिएको थियो । ३ दिनसम्म चलेको कार्यक्रममा  मोटिभेशनल स्पीकर तथा कमेडियन सन्दीप क्षेत्रीको विशेष प्रस्तुति रहेको थियो।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै