नेपाली काँग्रेसद्वारा प्रदेश ३ को प्रदेशसभा बैठक अवरुद्ध

खरीबोट

हेटौँडा । तीन नं प्रदेशसभाको आजकोे बैठकमा प्रमुख प्रतिपक्षी दलका सदस्यहरूले उठेर बिरोध जनाइरहेका कारण नियमित कार्यसूचिमा प्रवेश नगरी स्थगित भएको छ । 

यसअघि विशेष समय माग गर्दै नेपाली काँग्रेस नेता इन्द्रबहादुर बानियाँले तत्कालीन केदारभक्त माथेमा आयोगको प्रतिवेदनमा उल्लेख भए अनुसारको चिकित्सा विधेयकलाई प्रतिनिधिसभाबाट पारित गरेर राष्ट्रलाई आत्मनिर्भर बनाउने गरी दक्ष चिकित्सक उत्पादनमा सरकारको ध्यान जानुपर्नेमा जोड दिए । 

उहाँले नेपालको संविधानबमोजिम सभामुख, उपसभामुख फरक फरक दलको हुनुपर्ने प्रावधान भएको र नेकपा एमाले तथा नेकपा माओवादी पार्टी एकीकृत भइसकेकाले अब एक पद प्रतिपक्षहरुलाई हस्तान्तरण गर्न आग्रह पनि गरे । 

सांसद् बानियाँले डा गोविन्द केसीले आफ्नो व्यक्तिगत स्वार्थलाई त्यागेर देश र जनताप्रति समर्पित भएर उठाएको राष्ट्रिय सरोकारको विषयलाई वर्तमान सरकारले उपेक्षा गर्न नहुनेमा जोड दिए । 

त्यसपछि बैठकमा नेपाली काँग्रेसका तर्फबाट राष्ट्रिय सरोकारको विषयमा उठाइएका माग सरकारले पूरा नगरेसम्म संसद् अवरुद गर्ने प्रदेशसभा नेपाली काँग्रेसको संसदीय दलको निर्णयबमोजिम आ–आफ्नो आसनबाट उठेर सदस्यहरु उभिनु भएकाले बैठक अवरुद्ध भएको थियो । 

प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक भोलि साउन ४ गते दिनको ११ बजे बस्ने गरी आज २ बजे शुरु भएको बैठक २ः३० बजे स्थगित गरेका थिए । 

सम्बन्धित समाचार

हेटौँडाको सडक ३२ मिटर फराकिलो बनाइने

हेटौँडा । प्रदेश नं ३ सरकारले प्रदेश राजधानी हेटौँडाको मुख्य राजमार्गलाई ३२ मिटरको फराकिलो बनाउन केन्द्र सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले मुख्य बजार क्षेत्रको राजमार्गलाई थप फराकिलो

प्रदेश ३ सरकारको एक वर्षः सबै कानून निर्माण  

हेटौँडा । केन्द्रीय राजधानीसमेत बसेको प्रदेश नं ३ सरकारले आफ्नो स्थापनाको पहिलो वर्षमा आफूलाई आवश्यक सबै कानून निर्माण गरेको छ । सरकारले कार्यालय स्थापना र विकास योजनाको छनोटसँगै विकासका काम

प्रदेश ३ मा भ्रष्टलाई ठाउँ छैन : मुख्यमन्त्री पौडेल

हेटौंडा । मुख्यमन्त्री डोरमणि पौडेलले भ्रष्टाचार नियन्त्रण अभियान आफैँबाट शुरु गर्न अनुरोध गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८औँ वार्षिकोत्सवमा उनले रकमको लेनदेन मात्र भ्रष्टाचार नभई तोकिएको समयभर कार्यालयमा

मुख्यमन्त्री पौडेलद्वारा घाइते चेपाङ किशोरीलाई भेट

चितवन । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कुटपिट र करणी प्रयासमा परेका चेपाङ किशोरीलाई आज भरतपुर अस्पताल पुगेर भेट गरेका छन् ।  आइतबार राप्ती नगरपालिका–१३ कान्दामा एक किशोरी र


z