काठमाडौँ । इजरायलले कतारको दोहामा रहेका हमासका वरिष्ठ नेताहरुलाई आक्रमण गरेको छ ।
सेनाले हमासका वरिष्ठ नेताहरूविरुद्ध 'सटीक आक्रमण' गरेको बताएपनि कुन ठाउमा गरेको भन्ने बारे स्पष्ट गरेको छैन ।
तर मिडिया रिपोर्टका अनुसार कतारको दोहामा विस्फोटको आवाज सुनिएकोर धुवाँ उडिरहेको देखिएको उल्लेख गरिएको छ ।
रिपोर्टका अनुसार वार्ताका लागि रहेको उनीहरूको प्रतिनिधिमण्डललाई दोहामा बैठक चलिरहेको बेला लक्षित गरिएको बताइएको छ ।
कतारको विदेश मन्त्रालयका प्रवक्ता मजादल अन्सारीले इजरायलले दोहामा हमासको राजनीतिक ब्यूरोका सदस्यहरू बसोबास गर्ने आवासीय परिसरहरूमा आक्रमण गरेको जानकरी दिएका छन् । अन्सारीले हमलालाई 'कायरपूर्ण कार्य' कार्यको संज्ञा दिएका छन् र इजरायलले अन्तर्राष्ट्रिय कानूनको स्पष्ट उल्लङ्घन गरेको बताएका छन् ।









