• २०८२ असोज २२ बुधबार

टी-२० सिरिज: अफगानिस्तानविरुद्ध बंगलादेशको विजयी शुरुवात

kharibot

काठमाडौँ । बंगलादेशले अफगानिस्तानविरुद्धको टी-२० सिरिजको पहिलो खेलमा जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बंगलादेशले अफगानिस्तानलाई ४ विकेटले पराजित गरेको हो ।

अफगानिस्तानले दिएको १५२ रनको लक्ष्य पछाएको बंगलादेशले १८.४ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।

बंगलादेशका लागि परभेज होसैन इमोनले ५४ रन बनाए भने तान्जिद हसनले ५१ रन बनाएका थिए । त्यस्तै नुरुल हसनले २३ रन बनाएका थिए । त्यस्तै अफगानिस्तानका बलर राशिद खानले ४ विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गर्दै अफगानिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १५१ रन बनाएको थियो । अफगानिस्तानका लागि रहमनुल्लाह गुरबाजले ४० रन बनाए भने मोहमद नावीले ३८ रन बनाएका थिए । त्यस्तै बंगलादेशका बलर रिशाद होसैन र तान्जिम हसन सकिबले २-२ विकेट लिएका थिए ।

यो जितपछि बंगलादेशले ३ खेलको सिरिजमा १-० को अग्रता हासिल गरेको छ । अब सिरिजको दोस्रो खेल आज राती हुदैछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै