• २०८२ असोज २२ बुधबार

एक खेलअघि नै बंगलादेशले जित्यो अफगानिस्तानविरुद्धको सिरिज

kharibot

काठमाडौँ । बंगलादेशले अफगानिस्तानविरुद्धको टी-२० सिरिज एक खेल अघि नै जितेको छ ।

युएईको शारजाहमा जारी सिरिजको दोस्रो खेलमा गएराती बंगलादेशले अफगानिस्तानलाई २ विकेटले पराजित गरेको हो ।

अफगानिस्तानले दिएको १४८ रनको लक्ष्य पछाएको बंगलादेशले १९.१ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यसअघि अफगानिस्तानले पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाएर १४७ रन बनाएको थियो ।

यो जितपछि बंगलादेशले सिरिज २-० ले जितेको छ । अब सिरिजको तेस्रो तथा अन्तिम खेल आइतबार हुदैछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै