काठमाडौँ । इङल्याण्डले जारी महिला विश्वकप अन्तर्गतको खेलमा बंगलादेशलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा इङल्याण्डले बंगलादेशलाई ४ विकेटले पराजित गरेको हो ।
बंगलादेशले दिएको १७९ रनको लक्ष्य पछाएको इङल्याण्डले ४५.१ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि बंगलादेशले ४९.४ ओभरमा अल आउट हुदै १७८ रन बनाएको थियो ।
यो जितसँगै इङल्याण्डले जारी महिला विश्वकपमा लगातार दोस्रो जित हासिल गरेको छ र शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै बंगलादेशले भने आफ्नो दोस्रो खेलमा पहिलो हार बेहोरेको छ ।
विश्वकप अन्तर्गत आज अस्ट्रेलिया र पाकिस्तानबीच कोलोम्बोमा खेल हुने तालिका रहेको छ ।