• २०८१ बैशाख १५ शनिबार

फेरी भिड्दै ऋतिक र कंगना 

kharibot

मुम्बई।  बलिवुडमा प्रेम प्रसंगबाट चर्चामा रहेका ऋतिक  रोशन र कंगना रनावत फेरी एक पटक भिड्ने भएका छन्।  

उनीहरु दुवैको फिल्म अब एकै दिन रिलिज हुने खबरले फेरी दुवैबीचको पुरानो सम्बन्धका समाचार दोहोरिने सम्भावना पनि बढेको छ।  ऋतिक रोशन अभिनित फिल्म सुपर ३० र कंगना अभिनित फिल्म ‘मणिकर्णिका: द क्वीन ऑफ झांसी’ आगामी जनवरी २६ गणतन्त्र दिवसको दिन रिलिज हुने भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।  

एक समय सिरियस अफ्येर्समा रहेको यो जोडी अघिल्लो बर्ष निकै विवादमा रहेको थियो।  कंगनाएल सार्वजनिक रुपमा नै ऋतिकले आफुलाई ढोका दिएको बताउदै कैयौ आरोप लगाएकी थिइन्।  ऋतिक रोशनले भने कंगनासँगको सम्बन्ध अस्विकार गर्दै आएका छन्।  तर भारतीय मिडियाहरुमा ऋतिकको डिभोर्स हुनुमा कंगना नै प्रमुख कारण रहेको रिपोर्ट आइरहेको छ।  

अब दुवै प्रतिद्वन्दीको रुपमा फिल्म एकै मितिमा रिलिज गर्न थालेपछि दुवैले प्रचार प्रशारको तयारी सुरु गरेका छन् । यसैबीच कंगनाले ‘मणिकर्णिका: द क्वीन ऑफ झांसी’ फिल्मको ट्रेलर अक्षयकुमारको फिल्म गोल्डसँग रिलिज गर्ने भएको बताइएको छ । गोल्ड आगामी अगस्ट १५ मा रिलिज हुदै छ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै