• २०८२ कार्तिक २१ शुक्रबार

ममदानीको चुनावी अभियान र उनले उठाएका मुद्धालाई नेपालका जेनजीले अध्ययन गरुन- डा. बाबुराम भट्टराई

kharibot

काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अमेरिकाको न्यूयोर्कको मेयरमा निर्वाचित जोहरान ममदानीको चुनावी अभियान र त्यसले उठाएका वैचारिक मुद्धालाई नेपालका जेनजी युवाहरुले सन्दर्भ सामाग्रीको रुपमा लिन आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै डा. भट्टराईले ममदानीको चुनावी अभियान र त्यसले उठाएका वैचारिक-राजनीतिक मुद्दाहरूलाई नेपालका जेनजी युवाहरू र नयाँ तथा वैकल्पिक राजनीतिक शक्तिहरूले पनि उपयोगी सन्दर्भ-सामाग्रीको रूपमा लिन जरूरी रहेको बताएका हुन् ।

उनले भनेका छन्:

अमेरिकाको सबभन्दा ठूलो शहर न्यूयोर्कको मेयरमा लोकतान्त्रिक समाजवादी विचार अंगीकार गर्ने नवनिर्वाचित युवा जोहरान ममदानीको चुनावी अभियान र त्यसले उठाएका वैचारिक-राजनीतिक मुद्दाहरूलाई हाम्रो नेपालका जेन-जी युवाहरू र नयाँ तथा वैकल्पिक राजनीतिक शक्तिहरूले पनि उपयोगी सन्दर्भ-सामाग्रीको रूपमा लिन जरूरी छ ।

विचार र व्यक्ति दुवैको सम्मिश्रणले सही नेतृत्व जन्मन्छ । विचार विनाको व्यक्ति र व्यक्तित्व विनाको विचारले सही राजनीतिक नेतृत्व गर्न सक्दैन । विश्व इतिहासको अनुभवले यही भन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै