• २०८२ कार्तिक २१ शुक्रबार

एन्फाविरुद्ध सडकमा आए खेलाडी

kharibot

काठमाडौँ । नेपाल फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ए डिभिजन लिगको कार्यतालिका सच्याउन एक साताको अल्टिमेटम दिएको छ ।

विहिबार एन्फा कार्यलय घेराउ गर्न गएका खेलाडी र पुर्व खेलाडीहरुले एन्फालाई ए डिभिजनको लिगको तालिका सच्याउन एक साताको अल्टिमेटम दिएका हुन् ।

उनीहरुले एक सातामा कार्यतालिका नसच्याएमा सशक्त रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् । 

एन्फाले अर्को बर्षको पुसमा ए डिभिजन लिग गर्ने भन्दै मिति सार्बजनिक गरेपछि खेलाडी आन्दोलित भएका हुन् । धर्नाका लागि एन्फा कम्प्लेक्समा पुगेका खेलाडीहरुलाई एन्फाको गेटमा रोकिएको थियो । गेटमा रोकिएपछि उनीहरुले गेटमै आफ्नो कार्यक्रम गरेका थिए । 

यस अघि एन्फाले २०८३ को पुस ९ गतेबाट राष्ट्रिय लिग हुने निर्णय सार्बजनिक गरेपछि खेलाडीहरु आक्रोशित बनेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै