• २०८१ बैशाख १३ बिहीबार

'कायरा' को दोस्रो गीत सार्वजनिक, रोमान्स गर्दै आर्यन र साम्राज्ञी   

kharibot

काठमाडौँ । अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर बहुप्रतिक्षीत फिल्म ‘कायरा’ को दोस्रो गीत सार्वजनिक भएको छ । 

यसअघि रिलिज भएको ट्रेलर र पहिलो गीतको सकारात्मक प्रतिक्रिया पाइरहँदा 'यो त माया हो' बोलको रोमान्टिक गीत सार्वजनिक गरेको छ । 

सार्वजनिक गीतमा दुवैको गज्जबको केमेष्टी देखिएको छ। फिलिपिन्समा छायाँकन गरिएको यस गीतमा सुगम पोखरेल तथा श्रेया सोताङको स्वर रहेको छ।

नरेश भट्टराईको शब्द रहेको गीतमा संगीत कल्याण सिहंले दिएका छन्।  गीतमा प्रविण सिंहको कोरियोग्राफी छ।

आगामी साता साउन १८ मा रिलिज हुने फिल्मलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन्। 

आर्यन, साम्राज्ञीको जोडी पर्दामा पहिलो पटक आएको हो । 

'कायरा' का निर्देशक लक्ष्मण रिजाल हुन् । उक्त फिल्ममा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठलगायतका कलाकारहरु पनि अभिनय छ । कोशिश क्षेत्री, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको ‘कायरा’ का गीतमा प्रविण सिंहले कोरियोग्राफी गरेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै