• २०८३ बैशाख ५ शनिबार

कुमारी बैंक र प्राइम कमर्सियल बैंक राष्ट्रबैंकको कारवाहीमा

कुमारी बैंक र प्राइम कमर्सियल बैंक राष्ट्रबैंकको कारवाहीमा

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नियमविपरीत काम गर्ने दुई वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा परेका छन् । सो अवधिमा राष्ट्र बैंकले कुमारी बैंक र प्राइम कमर्सियल बैंकलाई कारबाहीस्वरुप सचेत गराएको हो ।

कुमारी बैंकले कालोसूचीमा रहेका व्यक्तिको खातामा कारोबार गराएको उल्लेख छ । कालोसूचीमा रहेका व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थाले त्यस्तो सूचीबाट फुकुवा नभएसम्म आफ्नो खातामा रकम जम्मा गर्नेबाहेक अन्य कुनै पनि किसिमको बैंकिङ कारोबार गर्न नपाउने व्यवस्था छ । यही व्यवस्था पालना नगरेको भन्दै राष्ट्र बैंकले कुमारी बैंकलाई सचेत गराएको हो ।

नियमबमोजिम कर्जा वर्गीकरण नगरेको भन्दै राष्ट्र बैंकले प्राइम कमर्सियल बैंकलाई कारबाहीस्वरुप सचेत गराएको छ । यस बैंकले केही कर्जालाई कर्जाको भाखा नाघेको अवधिको आधारमा वर्गीकरण नगरेको भन्दै राष्ट्र बैंकले सचेत गराएको जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै