• २०८१ बैशाख १५ शनिबार

मलेसियामा हुने एसिया कप क्रिकेट क्वालिफायरको खेल तालिका सार्वजनिक

kharibot

काठमाडौँ।  एसिया कप क्रिकेटका लागि हुने क्वालिफायर प्रतियोगिता मलेसियामा हुने भएको छ।

एसियन क्रिकेट काउन्सिल (एसीसी) ले एसिया कप क्रिकेट क्वालिफायर प्रतियोगिता आगामी भदौ १३ देखि २१ सम्म क्वालालाम्पुरमा हुने बताउदै खेल तालिका सार्वजनिक गरेको छ । जसमा नेपाल, युएई, हङकङ, सिंगापुर, ओमान र घरेलु टोली मलेसिया भिड्नेछन्। 

क्वालिफायर प्रतियोगिताको तालिका यस प्रकार रहेको छ :

अगष्ट २९ (भदौ १३ गते) : मलेसिया भर्सेज हङकङ, नेपाल भर्सेज ओमान, युएई भर्सेज सिंगापुर 
अगष्ट ३० (भदौ १४ गते) : युएई भर्सेज नेपाल, हङकङ भर्सेज सिंगापुर, मलेसिया भर्सेज ओमान
सेप्टेम्बर १ ( भदौ १६ गते) : ओमान भर्सेज सिंगापुर, मलेसिया भर्सेज नेपाल, युएई भर्सेज हङकङ
सेप्टेम्बर २ (भदौ १७ गते) : हङकङ भर्सेज ओमान, मलेसिया भर्सेज युएई, नेपाल भर्सेज सिंगापुर 
सेप्टेम्बर ४ (भदौ १९ गते) : मलेसिया भर्सेज सिंगापुर, युएई भर्सेज ओमान, नेपाल भर्सेज हङकङ
सेप्टेम्बर ६ (भदौ २१ गते) : फाइनल          

एशिया कपमा भदौ ३० गते देखि असोज १२ गतेसम्म हुने प्रतियोगितामा एसियाका टेष्ट खेल्ने पाँच राष्ट्र र छनोट भएर जाने एक गरी कुल ६ राष्ट्र सहभागी हुनेछन् । छनौट हुने देशले भदौ ३१ मा  पाकिस्तानसँग र असोज २ मा भारतसँग खेल्ने छ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै