• २०८१ बैशाख २४ सोमबार

सेयर बजारमा लगानीको अवसर, झण्डै २५ करोडको सेयर खुल्ला, एक दर्जनको पाईप लाईनमा 

kharibot

काठमाडौं। तीन वटा संस्थाले झण्डै २५ करोड रुपैयाँ बराबरको सेयरको बिक्री खुल्ला गरेकाछन । आईतबारबाट दुुई वटा संस्थाले साधारण सेयर र एउटाले हकप्रद सेयरको बिक्री खुल्ला गरेका हुुन । 

शिवम सिमिन्टेस लिमिटेडले साउन १३ गते आईतबारबाट सर्वसाधारणको लागि आठ लाख ८०  हजार कित्ता साधारण सेयरको बिक्री खुल्ला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र मकवानपुरका स्थानीयवासीका लागि एक सय रुपैयाँमा दुुई सय रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता तीन सय अंकित मुल्य कायम रहने गरी आठ लाख ८० हजार कित्ता साधारण सेयरको बिक्री खुल्ला गरेको छ । सिद्धार्थ क्यापिटल लिमिटेड बिक्री प्रर्वन्धक रहेको कम्पनीको सेयरको बिक्री कार्य आगामी भदौ ११ गतेसम्म कायम रहने छ । सर्वसाधारणहरुले न्युुनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्नेछन । 

यसैगरी युनियन हाईड्रो पावर कम्पनी लिमिटेडले सर्वसाधारणको लागि सात करोड ५० लाख रुपैयाँ रुपैयाँको सेयर बिक्री खुल्ला गरेको छ । कम्पनीले आज आईतबारबाट आयोजना प्रभावित क्षेत्र लमजुुङका स्थानीयवासीका लागि एक सय अंकित मुल्य कायम रहने गरी सात लाख ५० हजार कित्ता साधारण सेयरको बिक्री खुल्ला गरेको हो । बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल लिमिटेड रहेको कम्पनीको साधारण सेयरको बिक्री कार्य छिटोमा साउन २८ गते र ढिलोमा आगामी भदौ १२ गते बन्द हुुने छ ।  सर्वसाधारणहरुले न्युुनतम ५० कित्ता देखि अधिकतम तीन हजार कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्नेछन । 

स्वरोजगार लघुुबित्त बित्तीय संस्थाले भने १२ करोड २४ लाख ४९ हजार सात सय ६० रुपैयाँ बराबरको हकप्रद सेयरको बिक्री खुल्ला गरेको छ । संस्थाले बिक्री प्रर्वन्धक एनएमबी क्यापिटल लिमिटेड मार्फत यही साउन १३ गतेबाट हकप्रद सेयरको बिक्री खुल्ला गरेको हो । संस्थाले चुक्ता पुंजी १२ करोड २४ लाख ९७ हजार सात सय ६० रुपैयाँ मध्येबाट एक बराबर एकको अनुपातमा एक सय रुपैयाँ अंकित मुल्य कायम रहनेगरी १२ लाख २४ हजार नौ सय ७७ दसमलव ६० कित्ता हकप्रद सेयरको बिक्री खुल्ला गरेको हो । 

यि बाहेक सिर्नर्जी फाईनान्स, समता माईक्रो फाईनान्स, मिर्मिरे माईक्रो फाईनान्स, घलेम्दी हाईड्रो पावर कम्पनी, नेशनल लाईफ इन्स्योरेन्स कम्पनी र नागवेली लघुबित्त बित्तीय संस्थाको साधारण तथा हकप्रद बिक्री कै चरणमा रहेको छ । नयाँ नेपाल लघुुबित्त बित्तीय संस्था, सिटिजन्स बैंक इन्टरनेशनल, आखुुखोला जलबिद्युुत आयोजना लगायतक कम्पनीहरुले भने सेयर बिक्रीको आव्हान गरिसकेकाछन ।

कुुन कम्पनीको कति सेयर बिक्रीको लागि खुल्ला छ, हेर्नुुहोस तालिका 

            कम्पनीको नाम                                   कित्ता                  खुल्ला                   बन्द              बिक्री प्रवन्धक

सिर्नर्जी फाईनान्स लि.    (हकप्रद)              ११८६०२२.४७            असार २५           साउन २७         प्रभुु क्यापिटल लिमिटेड
समता माईक्रो फाईनान्स (हकप्रद)               १८९६००                  असार २७            साउन २९         एनआईबिएल एस क्यापिटल
मिर्मिरे मार्ईक्रो फाईनान्सञ  (हकप्रद)            ४५००००                  असार २७            साउन २९        एनआईबिएल एस क्यापिटल
घलेम्दी हाईड्रो ( आयोजना प्रभावित) साधारण ५५००००                   असार २२            साउन ४          भिवोर क्यापिटल लिमिटेड
नेशनल लाईफ इन्स्योरेन्स कम्पनी (हकप्रद)  ९९३६४७७.५०             साउन १              भदौ ५       एनआईबिएल एस क्यापिटल लि.
नागवेली लघुबित्त बित्तीय संस्था (हकप्रद)    ७६६४६३.१५               साउन ४             भदौ ७           एनएमबी क्यापिटल लि.
स्वरोजगार लघुबित्त बित्तीय संस्था (हकप्रद) १२२४९७७.६०            साउन १३            भदौ १७    एनएमबी क्यापिटल लि.
शिभम सिमेन्ट (आयोजना प्रभावित) साधारण ८८००००                   साउन १३            भदौ ११    सिद्धार्थ क्यापिटल लि.
युनियन हाईड्रो (आयोजना प्रभावित) साधारण  ७५००००                   साउन १४            साउन २८    लक्ष्मी क्यापिटल लि.
नयाँ नेपाल लघुबित्त बित्तीय संस्था (हकप्रद)  ६०००००                   साउन २७            भदौ ३१    एनएमबी क्यापिटल लि.
सिटिजन्स बैंक इन्टरनेशन (एफपिओ)           ४६३८२६                   साउन १५         साउन १८    ग्लोवल आईएमई क्यापिटल लि.
आखुुखोला जलबिद्युुत (आयोजना प्रभावित)साधारण ८०००००          साउन १७         साउन ३१       सिभिल क्यापिटल लिमिटेड  

(श्रोत नेपाल धितोपत्र बोर्ड) 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै