• २०८१ बैशाख १५ शनिबार

विश्व कप छनौट खेलमा रेफ्रीलाई लाग्यो फिक्सिंगको आरोप, आजीवन प्रतिबन्ध 

kharibot

घानाका रेफ्री जोसेफ लाम्पटी

काठमाडौँ ।  दक्षिण अफ्रिका र सेनेगलबिचको विश्वकप फुटबल छनौट खेल फेरि हुने भएको छ ।  

विश्व फुटबलको प्रशासकीय निकाय फिफाले विश्वकप फुटबल २०१८ का लागि भएको दक्षिण अफ्रिका र सेनेगलबिचको खेलका रेफ्रीमाथि आजीवन प्रतिबन्ध लगाएपछि यी दुई देशबिचको खेल फेरि हुने भएको हो । 

फिफाले फिक्सिंग गरेको भन्दै घानाका रेफ्री जोसेफ लाम्पटीमाथि आजीवन प्रतिबन्ध लगाएको हो । 

गएको नोभेम्बरमा भएको खेलमा रेफ्री लाम्पटीले दक्षिण अफ्रिकालाई पेनाल्टीको अवसर दिएका थिए । रेफ्रीले सेनेगलका डिफेन्डर कालिदो काउलिबालीले ह्याण्डबल गरेको भन्दै दक्षिण अफ्रिकालाई पेनाल्टी दिएका थिए । तर रिप्लेमा ह्याण्डबल नभई घुँडामा लागेको देखिएको थियो । 

यो खेलमा दक्षिण अफ्रिका २–१ ले विजयी भएको थियो । दिनु नपर्ने पेनाल्टी दिएको भन्दै फिफाले लाम्पटीमाथि प्रतिबन्ध लगाएको हो । यस अघि उनलाई अफ्रिकी फेत्बल एसोशियशनले तीन महिनाको प्रतिबन्ध लगाएको थियो । 

यो खेलमा अब दक्षिण अफ्रिका र सेनेगलबिचको रिप्ले खेल आउँदो नोभेम्बरमा हुनेछ ।

अफ्रिकी क्षेत्रको छनौट अन्तर्गत समूह ‘डी’ मा रहेका सेनेगल र दक्षिण अफ्रिका अहिले तेस्रो र चौथो स्थानमा छ । बुर्किना फासो पहिलो र केप वेर्डे आइल्याण्ड दोस्रो स्थानमा छ । समूहको शीर्ष स्थानमा रहने टिम मात्रै रुस विश्वकपका लागि छनौट हुनेछ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै