• २०८१ बैशाख १५ शनिबार

दक्षिण कोरिया र साउदी अरेबिया विश्व कप फुटबलमा छनौट 

kharibot

विश्व कपमा छनौट भएपछि खुशियाली मनाउदै साउदी अरेबियाका खेलाडीहरु

काठमाडौँ । दक्षिण कोरिया र साउदी अरेबिया सन् २०१८ मा रसियामा हुने विश्वकप फुटबलका लागि छनौट भएका छन् । 

विश्वकप २०१८ को छनौटमा एसिया क्षेत्र अन्तर्गत मंगलबार राति भएका खेलमा आआफ्नो खेलमा विजयी हुदै दक्षिण कोरिया र साउदी अरेबियाले विश्वकपमा स्थान पक्का गरेका हुन् । 

योसँगै एसियाबाट सिधै छनौट हुने चार टिमको टुंगो लागेको छ । यसअघि इरान र जापानले विश्वकपमा स्थान बनाइसकेका थिए । अहिलेसम्म सबै क्षेत्रबाट गरी ८ देश विश्वकपका लागि छनौट भएका छन् । यसमा साउदी अरेबिया, दक्षिण कोरिया, इरान, जापान, रुस, बेल्जियम, ब्राजिल र मेक्सिको छन् ।

एसिया क्षेत्रको छनौट अन्तर्गत समूह ए मा रहेको दक्षिण कोरियाल उज्वेकिस्तानसँग गोलरहित बराबरीमा रोकिए पनि १० खेलबाट १५ अंकसहित दक्षिण कोरिया विश्वकपका लागि छनौट भएको हो । समूह ‘बी’ मा रहेको साउदी अरेबियाले जापानलाई १–० ले हराएर विश्वकपमा स्थान बनाएको हो । 

साउदी अरेबियाको १० खेलबाट १९ अंक भएको छ । जापानको २० अंक छ । साउदी अरेबिया पाँचौं पटक विश्वकपका लागि छनौट भएको हो । 

यसअघि सन् १९९४, १९९८, २००२ र २००६ मा छनौट भएको थियो । यस्तै इरानले सिरियासँग २–२ को बराबरी खेलेको छ । 

अर्को खेलमा अस्ट्रेलियाले थाइल्याण्डलाई २–१ ले हराएको छ । अब अस्ट्रेलिया र सिरियाले एसिया क्षेत्रको प्लेअफ खेल खेल्ने छन् । होम र अवेका आधारमा हुने खेल जित्नेले विश्वकपमा स्थान बनाउने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै