• २०८३ जेठ ६ बुधबार

अस्ट्रेलियन ओपनको एलिट यु–१४ ट्रफी खेल्न जाने शिभालीको बिदाई

अस्ट्रेलियन ओपनको एलिट यु–१४ ट्रफी खेल्न जाने शिभालीको बिदाई

काठमाडौँ । अस्ट्रेलियन ओपनको एसिया प्यासिफिक एलिट यु–१४ ट्रफीमा प्रतिस्पर्धा गर्ने टेनिस खेलाडी शिभाली गुरुङलाई एक कार्यक्रमबीच बिदाइ गरिएको छ ।

युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहताले शुक्रबार गुरुङको बिदाई गरेका हुन् ।

जनवरी २८ देखि ३० तारिखसम्म अस्ट्रेलियाको मेलबर्नमा हुने प्रतियोगितामा सहभागी हुनुअघि तयारीका लागि गुरुङ मलेसिया जाने छिन् । गुरुङ अस्ट्रेलियन ओपनको कुनै पनि इभेन्टमा प्रतिस्पर्धा गर्न लागेकी पहिलो खेलाडी हुन् । 

बिदाइ कार्यक्रममा राखेप कार्यकारी समितिका सदस्य भानबहादुर चन्द, राखेपका सदस्य हिमालकुमार श्रेष्ठ र जगतसिंह धामी, टेनिस संघका अध्यक्ष मनोहरदास मुललगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै