काठमाडौँ । नेपाल इङल्याण्डसँग ४ रनले पराजित भएको छ । आइसीसी टी-२० विश्वकप अन्तर्गत समुह सी को खेलमा इङल्याण्डले दिएको १८५ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाएको थियो ।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ४४, कप्तान रोहित पौडेल र लोकेश बमले ३९-३९ रन बनाए । त्यस्तै कुशल भुर्तेलले २९ र आरिफ सेखले १० रन बनाए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको इङल्याण्डले २० ओभरमा ७ विकेट गुमाउदै १८४ रन बनाएको थियो ।
इङल्याण्डका लागि ज्याकोब बेथेलले ५५ रन बनाए भने कप्तान ह्यारी ब्रुकले ५३ रन बनाए । त्यस्तै जोस बटलरले २६ रन बनाएका थिए । त्यस्तै विल ज्याक्सले अविजित ३९ रन बनाएका थिए ।
त्यसैगरी नेपाली बलरदिपेन्द्र सिंह ऐरी र नन्दन यादवले २-२ विकेट लिए भने शेर मल्ल र सन्दीप लामिछानेले एक एक विकेट लिए ।
अब नेपालले फेब्रुअरी १२ मा इटालीसँग खेल्ने छ भने इङल्याण्डले फेब्रुअरी ११ मा वेस्ट इन्डिजसँग खेल्ने तालिका छ ।









