• २०८३ बैशाख ४ शुक्रबार

दाङमा एमालेको झण्डा जलाउने थप दुई जना पक्राउ

दाङमा एमालेको झण्डा जलाउने थप दुई जना पक्राउ

दाङ । दाङको तुलसीपुरमा नेकपा एमालेको झण्डा जलाएको आरोपमा प्रहरीले थप २ जनालाई पक्राउ गरेको छ । 

जिल्ला प्रहारी कार्यालय दाङले तुलसीपुर उपमहानगरपालिका–४ हलवारका ३० वर्षीय  रमेश राना मगर र तुलसीपुर –६ का २४ वर्षीय  बिक्रम परियारलाई शुक्रबार राति पक्राउ गरेको जानकारी दिएको हो ।

प्रहरीले यसअघि तुलसीपुर उपमहानगरपालिका–७ कालाखोलाका ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई पक्राउ गरेको थियो ।

बिहीबार राति रास्वपा सभापति रवि लामिछानेको स्वागतका लागि दाङ तुलसीपुरको वीरेन्द्र चोकका भेला भएका व्यक्तिले एमालेको झण्डा जलाएका थिए । उक्त भिडियो सार्वजनिक भएपछि त्यसको चौतर्फी विरोध भएको थियो । 

रास्वपाका कार्यकर्ताले झण्डा जलाएको भन्दै नेकपा एमाले आपत्ति जनाएको छ, भने शुक्रबार बेलुका दाङको तुलसीपुर काठमाडौंलगायत विभिन्न ठाउँमा मसाल जुलुस तथा विरोध र्‍याली निकालेका थिए । 

दाङ प्रहरीले झण्डा जलाउने कार्यमा संलग्न अन्यको खोजी कार्य जारी रहेको जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै