• २०८३ जेठ ९ शनिबार

मगर दिवसमा बुटवल उपमहानगरले दियो सार्बजनिक बिदा

मगर दिवसमा बुटवल उपमहानगरले दियो सार्बजनिक बिदा

बुटवल । बुटवल उपमहानगरपालिकाले मगर समुदायको दिवसको अवसरमा फागुन १५ गते सार्वजनिक बिदा दिएको छ ।

उपमहानगरका प्रमुख खेलराज पाण्डेले बुधबार सूचना जारी गर्दै नगर कार्यपालिकाको कार्यालय, मातहतका सबै वडा कार्यालय, स्वास्थ्य संस्था, सम्पूर्ण शैक्षिक संस्था तथा सार्वजनिक संघ संस्थामा फागुन १५ गते शुक्रबार स्थानीय बिदा दिने निर्णय गरिएको जानकारी दिएका छन् ।

प्रमुख पाण्डेले जारी गरेको सूचनामा भनिएको छ- 'प्रस्तुत विषयमा मगर दिवसको अवसरमा मिति २०८२।११।१५ गते शुक्रबार १ दिनको लागि बुटवल उपमहानगरपालिका अर्न्तगतका वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु एवं शिक्षण संस्थाहरुमा समेत स्थानीय सार्वजनिक बिदा गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना गरिएको छ ।'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै