• २०८३ बैशाख ५ शनिबार

रियल सोसियडाड कोपा डेल रेको फाइनलमा

रियल सोसियडाड कोपा डेल रेको फाइनलमा

काठमाडौँ । रियल सोसियडाड स्पेनको प्रतिष्ठित फुटबल प्रतियोगिता कोपा डेल रेको फाइनलमा पुगेको छ ।

गएराती सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा एथलेटिक बिल्बाओलाई १-० गोल अन्तरले पराजित गर्दै समग्रमा २-० गोल अन्तर्गतले रियल सोसियडाड विजयी भएको हो ।

रियल सोसियडाडको जितमा खेलको ८७औं मिनेटमा पाएको पेनाल्टीलाई मिकेल ओयारजाबालले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यस अघि पहिलो लिग पनि रियल सोसियडाडले १-० गोलले जितेको थियो ।

अब यस सिजनको कोपा डेल रेको फाइनलमा रियल सिसियडाडले आगामी अप्रिल १९ मा एटलेटिको म्याड्रिडको सामना गर्ने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै