• २०८१ बैशाख १७ सोमबार

सलमान खानपछि प्रियंकाबाट भंसालीलाई पनि धोका 

kharibot

मुम्बई।  अभिनेत्री प्रियंका चोपडाले सलमान खानको फिल्म छोडेपछि चर्चित बलिवुड निर्देशक संजय लिला भन्सालीको फिल्म पनि छोडेकी छन्।  

भारतीय मिडियाका अनुसार भन्सालीले महिला ग्याङ्गस्टर गंगुबाई कोठेवालमा आधारित फिल्म बनाउने तयारीमा रहेका छन् भने त्यसमा भूमिकामा प्रियंकाले अभिनय गर्ने तय भइसकेको भएपनि अहिले आएर प्रियंकाले सो फिल्म पनि छोडेको बताइएको छ । 

प्रियंकाले फिल्म नगर्ने भनेपछि भंसाली पनि प्रियंकासँग रिसाएको बलिवुडमा चर्चा छ।  प्रियंकाले यसअघि भंसालीसँग बाजीराव मस्तानी फिल्म गरेकी थिइन्।  जसमा प्रियंका बाजीरावको पहिलो श्रीमती काशीबाईको  निभाएकी थिइन्। 

प्रियंकाले हालै आफ्नो हलिवुडको पहिलो प्रोजेक्ट क्वाँटीको पनि छोडेको घोषणा गरेकी थिइन्।  २०१५ मा क्वाँटीको टेलिभिजन सिरिजबाट हलिवुडमा प्रियंकाले बलिवुडमा पनि कमै फिल्म गरेकी छिन्।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै