• २०८३ बैशाख ४ शुक्रबार

थप दुई इरानी महिला फुटबल खेलाडीलाई अस्ट्रेलियामा शरण

थप दुई इरानी महिला फुटबल खेलाडीलाई अस्ट्रेलियामा शरण

काठमाडौँ । इरानी महिला फुटबल टोलीका थप दुई खेलाडीले अष्ट्रेलियामा शरण पाएका छन् । अष्ट्रेलियाका गृहमन्त्री टोनी बर्कले दिएको जानकारीअनुसार ती दुई खेलाडीलाई यसअघि मानवीय भिसा पाएका पाँच जनासँग पुनर्मिलन गराइएको छ ।

गृहमन्त्री बर्कका अनुसार एक दिनअघि मानवीय भिसा पाउने समूहमा एक खेलाडी र टोलीका एक सदस्यसमेत थिए । उनीहरूले टोलीका अन्य सदस्यलाई विमानस्थल पुर्‍याउनुअघि नै अष्ट्रेलियामा शरण मागेका थिए ।

यसबीच इरानी महिला फुटबल टोलीका बाँकी सदस्यहरू भने सिड्नीबाट इरान फर्किएको जनाइएको छ । टोली फर्कने क्रममा होटल र विमानस्थल क्षेत्रमा केही इरानी मूलका अष्ट्रेलियाली नागरिकहरूले विरोध प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीहरूले ती महिला खेलाडीहरूलाई इरान नफर्किन आग्रह गरेका थिए । उनीहरूले इरान फर्केपछि खेलाडीहरूको सुरक्षा जोखिममा पर्न सक्ने चिन्ता व्यक्त गर्दै अष्ट्रेलियामै सुरक्षित रूपमा बस्ने वातावरण उपलब्ध गराउन माग गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै