काठमाडौँ । सांसद महावीर पुनले देशले जोशिलो प्रधानमन्त्री पाउन लागेको भन्दै नेताहरुले चरम गुटवन्दी गरी जनतामा भ्रष्टाचार, नातावाद, कृपावाद र कुशासन लाद्ने कुप्रवृत्तिको इतिहास नदोहोरियोस् भन्ने चेतावनी दिएका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै पुनले नेपालले एकदमै जोशिलो युवा प्रधानमन्त्री पाउँदैछ भन्दै आज देखि स्वार्थको लागि नेताहरुले चरम गुटवन्दी गरी जनतामा भ्रष्टाचार, नातावाद, कृपावाद र कुशासन लाद्ने कुप्रवृत्तिको इतिहास नदोहोरियोस भन्ने चेतावनी दिएका हुन् ।
त्यस्तै उनले त्यस्तो घटना नेपालको इतिहासमा ४ पटक दोहोरिई सकेको छ, कुशासनलाई निर्मुल पारेर सुशासन ल्याउने भनेर नै २००७ सालमा, २०१७ सालमा, २०४६ सालमा र २०६३ सालमा नेतृत्व र व्यवस्था परिवर्तन भएको समेत उल्लेख गरेका छन् ।









