• २०८३ बैशाख ४ शुक्रबार

पूर्व प्रमुख जिल्ला अधिकारी रिजाल हाजिर जमानीमा रिहा

पूर्व प्रमुख जिल्ला अधिकारी रिजाल हाजिर जमानीमा रिहा

काठमाडौँ । भदौ २३ र २४ गते जेनजी आन्दोलनको समयमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) रहेका छवि रिजाल हाजिर जमानीमा रिहा भएका छन् ।

मंगलबार उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौँको सुविधानगर क्षेत्रबाट नियन्त्रणमा लिएपछि जिल्ला प्रहरी परिसर काठमाडौँले बयान लिएको थियो । प्रहरी स्रोतका अनुसार रिजाललाई आवश्यक परेको बेला उपस्थित हुने सर्तमा छोडिएको छ ।

गौरीबहादुर कार्कीको जाँचबुझ आयोगले तत्कालीन सीडीओ रिजाललाई दोषी ठहर गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो । 

आयोगको सिफारिसका आधारमा प्रहरीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै