सिम टिभीमा मनोरञ्जनात्मक च्यानल थपिए 

खरीबोट

काठमाडौँ।  सिम टिभीले आफ्ना ग्राहकहरुको लागि थप मनोरञ्जनात्मक सामाग्रीहरु प्रशारण गर्ने क्रममा रमाइलो एचडि,एक्सन स्पोर्टस् एचडि, प्लस मुभि,जुनियर टिभि, बलिउड बिट्स, सिने हिट्स र गुञ्जन जस्ता मनोरञ्जनात्मक च्यानलहरु थप भएका छन् । प्लस प्याकेज अन्तर्गत रहने यी च्यानलहरु हालका लागि सम्पुर्ण ग्राहकहरुलाई निःशुल्क प्रदान गरेको छ । 

रमाइलो एचडिमा नयाँ नेपाली हाँस्य श्रृंखला (माइकल ज्याक्सन, शेरेले हसाउँछ, दृष्टि र नेपालीमा अनुबाद गरीएका चर्चित हिन्दि टेलिश्रृंखला–आनन्दी र जड्यौरी जस्ता मनोरञ्जनात्मक कार्यक्रमहरु हेर्न सकिने भएको छ । 

त्यस्तै नेपालकै पहिलो स्पोर्टस् च्यानल एक्सन स्पोर्टस् एचडिमा नेपालभर हुने फुटबल, क्रिकेट लगायतका विभिन्न खेलहरुको प्रत्यक्ष प्रसारणका साथै राष्ट्रिय तथा अन्तर्राष्टिय खेलकुदसम्बन्धि विभिन्न कार्यक्रमहरु प्रसारण हुन्छन् । प्लस मुभि च्यानलमा दैनिक लोक प्रिय नेपाली सिनेमाको मज्जा लिन सकिने सिमटिभीले जनाएको छ । 

त्यस्तै हाम्रा भाइ बहिनी तथा छोरा छोरीहरुले जुनियर टिभिमा कार्टुन तथा ज्ञान गुनका सामाग्रीहरुको मज्जा लिन सक्ने जनाइएको छ । यो नेपालकै पहिलो र एकमात्र कार्टुन च्यानल हो ।

बलिउड बिट्स च्यानलमा दर्शकहरुले हिन्दी सिनेमाका चर्चित गीतहरु हेर्न सकिने छ । गुञ्जन च्यानलमा नेपालभरका लोक भाकाहरु प्रशारण हुनेछन् । नेपाली लोक संगीतमा रमाउने दर्शकहरुका लागि यो च्यानलले भरपुर मनोरञ्जन प्रदान गर्ने छ । 

विशुद्ध नेपाली चलचित्रका गीतहरुमात्र प्रशारण हुने च्यानल सिने हिट्समा दर्शकहरुले नेपाली चलचित्रका नयाँ तथा पुराना गीतहरुको आनन्द लिन सकिने छ । अन्य कुनै पनि केबलहरुमा उपलब्ध नभएका यी च्यानलहरुबाट सिम टिभिका ग्राहकहरुले भरपुर मनोरञ्जन लिन सक्ने भएका छन्। भरपर्दो र गुणस्तरीय नेपालको नं. १ डिजिटल केबल नेटवर्क सिम टिभी प्रयोग गरी एक्सक्लुसिव च्यानलहरुको निःशुल्क सेवाको भरपुर मनोरञ्जन लिन सिम टिभीले आग्रह गरेको छ ।
 

सम्बन्धित समाचार

बाराका हावाहुरी प्रभावित क्षेत्रमा डिश होमको निशुल्क सेवा

काठमाडौँ । डिश मिडिया नेटवर्क लिमिटडले बारा जिल्लाका हावाहुरी प्रभावित क्षेत्रमा निशुल्क सेवा दिएको छ । कम्पनीले हावाहुरी प्रभावित क्षेत्रका करिब ५ सय घरधुरीमा हावाहुरीबाट अवरूद्ध टेलिभिजन सिंग्नल निशुल्क सुचारू गरिदिएको

रमाईलो टिभिमा मनोरन्जनात्मक कार्यक्रम 

काठमाडौँ। डिश मिडिया नेटवर्क लि.ले नेपाली समाजका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टेलिभिजन च्यानलहरुका साथै आफैले प्रवर्धन गरेका उत्कृष्ट च्यानलहरु प्रशारण गरिरहेको छ ।  डिशहोम आफैले प्रवर्धन गरेका च्यानलहरुमध्ये पनि रमाईलो टिभिले

रमाईलो टिभीमा नयाँ कार्यक्रम तथा धारावाहिक प्रशारण हुदै

काठमाडौँ। डिश मिडियाले संचालन गरेको रमाईलो टिभिका दर्शकहरुलाई अझ भरपुर मनोरञ्जन दिने उदेश्यले, यहि तिहारको अवसर पारेर भाईटीकाको दिन देखी नयाँ नयाँ कार्यक्रम तथा धारावाहिक टेलि श्रृंखलाहरु प्रशारणमा आउने भएका

ओइपिएलका दुईवटा च्यानल रमाइलो टिभी र एक्सन स्पोर्टस् एचडी टिभी दोस्रो बर्षमा प्रवेश 

काठमाडौँ। ओरिजिनल इन्टरटेनमेन्ट प्रा.लि.(ओइपिल) अन्र्तगत संचालनमा रहेका दुईवटा च्यानलहरु रमाइलो टिभी एचडी र एक्सन स्पोर्टस् एचडीले आफ्नो प्रसारणको एक बर्ष पुरा गरि दोस्रो बर्षमा प्रवेश गरेको छ ।  बि.सं.२०७४ साल असोज


z