• २०८१ बैशाख १५ शनिबार

डिश होमद्वारा विशेष च्यानल 'राइम्स’ को सुरुवात

kharibot

काठमाडौँ । डिशहोम नेपालमा रहेको अग्रणी डिटिएच सेवा प्रदायक कम्पनी हो जसले थुप्रै डिजिटल एचडी च्यानलहरु उपलब्ध गराउँदै आइरहको छ ।

चाहे मनोरञ्जन होस्, कुनै कुराको ज्ञान होस, खेलकुद होस् या त्यो केहि सिक्नको लागि होस् म्ष्कजज्यmभ ले आफ्नो विभिन्न च्यानलहरु मार्फत दर्शकवर्गहरुलाई अद्भुत दृश्य तथा मनोरञ्जनको अनुभव प्रदान गर्दै आइरहेको छ । 

यस्तै मनोरञ्जन दिने उद्देश्यले एक कदम अगाडि बढ्दै डिशहोमले एउटा विशिष्ट च्यानल 'राइम्स' मार्फत भोलिको कर्णधारहरुको लागि आजको दिनमा रोमाञ्चक प्रारम्भिक शिक्षण आधार तयार पारेको छ । यो २ देखि १२ बर्षसम्मका बच्चाहरुको लागि अत्यन्तै अन्र्तक्रियात्मक च्यानल हो । तपाई च्यानल नं. ८०९ मा यो च्यानल हेर्न सकिने छन् ।

यो च्यानलले बच्चाहरुको लागि एउटा पढ्नको लागि आधार प्रदान गर्नुका साथै अंग्रेजी तथा गणित जस्ता विषयहरुको मात्र नभई विभिन्न मनोवैज्ञानिक सामाग्रीको माध्यमबाट दिमाग सुढृड बनाउन मद्दत गर्दछ । तसर्थ यो च्यालनले बच्चाहरुलाई घरमै बसेर सिक्न सक्ने एउटा उत्कृष्ट मञ्च प्रदान गर्दछ ।

आफ्नो दर्शकहरुद्वारा पहिले नै उत्कृष्ट प्रतिक्रिया प्राप्त गरिसकेको डिशहोम यो च्यानलबाट पनि आफ्नो उद्देश्य पुरा गर्दै उत्कृष्ट हुनेछ भन्नेमा विश्वस्त छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै