• २०८३ बैशाख ४ शुक्रबार

घरमा नोट जलेको अवस्थामा भेटिएपछि भारतीय न्यायाधीशले दिए राजीनामा

घरमा नोट जलेको अवस्थामा भेटिएपछि भारतीय न्यायाधीशले दिए राजीनामा

काठमाडौँ । भारतको इलाहाबाद उच्च अदालतमा कार्यरत न्यायाधीश यशवन्त वर्माले पदबाट राजीनामा दिएका छन् । उनको दिल्लीस्थित घरमा ठूलो परिमाणमा जलेका नोट फेला परेको घटनापछि उनीविरुद्ध आन्तरिक छानबिन भइरहेको थियो ।

उक्त घटनापछि उनलाई पहिले दिल्लीबाट इलाहाबाद उच्च अदालतमा सरुवा गरिएको थियो । उनले सन् २०२५ अप्रिल ५ मा नयाँ पदको शपथ लिएका थिए । छानबिन चलिरहेकै अवस्थामा उनलाई न्यायिक कामबाट अलग राखिएको थियो ।

उनको विषयमा महाभियोग ल्याउने चर्चा समेत चलिरहेको छ । यसका लागि समितिसमेत गठन गरिएको छ भने केही सांसदहरूले संसदमा उनलाई हटाउन औपचारिक सूचना दर्ता गराएका थिए ।

राष्ट्रपतिलाई दिएको राजीनामा पत्रमा वर्माले आफू बाध्य भएर यस्तो निर्णय लिनुपरेको उल्लेख गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । उनले इलाहाबाद उच्च अदालतमा सेवा गर्न पाउनु आफ्नो लागि सम्मानको विषय भएको पनि बताएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै