• २०८३ बैशाख ४ शुक्रबार

प्रधानमन्त्री बालेनलाई भारतसँग महाकाली र लिम्पियाधुरा-लिपुलेक बारे कुरा गर्न हर्क साम्पाङको सुझाव

प्रधानमन्त्री बालेनलाई भारतसँग महाकाली र लिम्पियाधुरा-लिपुलेक बारे कुरा गर्न हर्क साम्पाङको सुझाव

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहलाई भारतसँग महाकालीमा सिमा अतिक्रमण बन्द गर्न र लिम्पियाधुरा लिपुलेकमा नाका खोल्दा नेपालको स्वीकृति अनिवार्य लिने प्रबन्ध मिलाउने विषयमा कुरा गर्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष साम्पाङले प्रधानमन्त्री बालेनको भारत भ्रमणको समाचार बाहिरिएको भन्दै भारतसँग महाकालीमा सिमा अतिक्रमण बन्द गर्न र लिम्पियाधुरा लिपुलेकमा नाका खोल्दा नेपालको स्वीकृति अनिवार्य लिने प्रबन्ध मिलाउने विषयमा कुरा गर्न आग्रह गरेका हुन् ।     

उनले भनेका छन्- 

सम्मानीय प्रधानमन्त्री बालेन्द्र शाह ज्यु... तपाइँको भारत भ्रमण निकट भविष्यमै हुने भन्ने समाचार बाहिरिएको छ ! भ्रमण उपलब्धिमूलक रहोस् ! महाकालीमा सिमा अतिक्रमण बन्द गरियोस् र लिम्पियाधुरा लिपुलेकमा नाका खोल्दा नेपालको स्वीकृति अनिवार्य लिने प्रबन्ध मिलाइयोस् ! यति भए पुग्छ अहिलेलाई !

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै